काठमाडौ,३ माघ । बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो।
बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए।
कर्णाली रैवार संवाददाता । ३ माघ २०७९, मंगलवार १९:४१