उपराष्ट्रपति पुनलाई हुम्लामा भव्य स्वागत

हुम्ला– उपराष्ट्रपति नन्दबहादुर पुनलाई हुम्ला जिल्लामा भव्य स्वागत गरिएको छ ।  मानसरोवर नमुना उच्च माध्यामिक विद्यालयको आवसिय विद्यालयको भवनको शिलान्यासका क्रममा हुम्ला पुगेका उपराष्ट्रपति पुनलाई हुम्ला जिल्लामा भव्य रुपमा स्वागत गरिएको हो ।

सिमकोट विमानस्थलबाट बाजागाजा सहित उपराष्ट्रपति पुनको स्वागत गरिएको थियो ।   उपराष्ट्रपति पुनले आजै हुम्लाको हिल्सा नाका र हुम्लाको पर्यटकीय क्षेत्र लिमीको भम्रण समेत गरेका हुन् । हुम्लाको सदरमुकाम सिमकोट पुगेका उपराष्टपति पुनलाई सिमकोट विमानस्थलदेखि बाजागाजा बजाउदै स्वागत गरि सोनी होटेल सम्म पु¥याइएको हो ।