हुम्लाका ९० जना बालबालिका नेपालगञ्जमा अलपत्र, उद्धारका लागि प्रशासनमा माग ।

नन्द सिंह  हुम्लाका ९० जना बालबालिकाहरु नेपालगञ्जमा अलपत्र परेको भन्दै चैत ३० गते अभिभावकद्धारा जिल्ला प्रशासन कार्यालय हुम्लामा उद्धारको माग गरेका छन् ।
  विश्वव्यापी फैलिएको कोरोना भाइरसको माहमारिका कारण हालसम्म नेपालगञ्जमै रोकिएका सो बालबालिकाहरुलाई पटक पटक उद्धारका लागि पहल गरेपनि सरोकारवाला निकायको ध्यान जान नसकेको भन्दै बालबालिकाका अभिभावक निमा तुन्डुप लामाले गुनासो गर्नु भएको छ ।
जिल्लाका अधिकांस बालबालिकाहरु काडमाण्डौँमा अध्ययन गर्दै आएपछि सो ठाउँबाट नेपालगञ्ज पुगे लगतै कोरोनाको त्रासका कारण नेपाल सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो ।  तर हुम्लाका १ सय ५० जना बालबालिका तथा विद्यार्थीहरु केही दिन अगाडी सामाजिक विकास मन्त्रालयको पहलमा हुम्ला पुगेका थिए । यतिखेर नेपालगञ्जमा अलपत्र परेका बालबालिकाहरुलाई गास,बास र कपासको चरम समस्या भएको भन्दै उनिहरुका अभिभावकहरु पटक पटक जिल्ला प्रशासन कार्यालयमा धाउने गरे पनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।
नेपालगञ्जमा रहेका बालबालिकाका हुम्ला स्थित अभिभावकद्धारा जिल्ला प्रशासन कार्यालयमा आजै ज्ञापनपत्र बुझाए लगतै जिल्ला प्रशासन कार्यालय हुम्लाले आजै सो ज्ञापनपत्रलाई मन्त्रालयमा पठाई सकेको र आफ्नो पनि बालबालिकाको उद्धारको पहल र प्रर्यास भई रहेको पुमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाई छ ।