जग्गा भाडामा लगेर बिध्यार्थिले गरे फुल खेती

सुर्खेत,२४ साउन । बिध्यार्थी जीवन भनेको अरुमाथी निर्भर रहने जीवन भनेर चिनिन्छ । अध्यन पुरा नगर्दा सम्म बिध्यार्थी जीवन निकै उतार चडाबले ब्यतित हुन्छ भनेर सबैले चिन्ने अब्स्था हो ।

तर त्यसै अबस्थालाइ चुनौती दिंदै मध्यपस्चिम बिस्वबिध्यालय कृषि संकाय अनतर्गत Bsc.Ag दोर्सो सेमेस्टार का बिध्यार्थिले फुल खेती गरेका छन ।

मध्य पश्चिम विस्वबिध्यालय अन्तर्गत कृषि क्यामपस रामघाटमा अध्यनरत Bsc.Ag दोर्सो सेमेस्टारका बिध्यार्थिले करिब ८ हेक्टर जग्गा भाडामा लियर फुल खेती गरेका हुन । भेरी गंगा ११ रामघाटमा उक्त जग्गा भाडामा लगेर ब्यबसायिक फुल खेती गरेको बिध्यार्थी अम्बिका बमले कर्णाली रैबारलाइ बताइन । बमले Bsc.Ag दोर्सो सेमेस्टारमा अध्यनरत ११ जनाको समुहले बायो गृन क्लब नाम राखेर उक्त जग्गा भाडामा लगेर फुल खेती गरेको बताइन । कर्मा-५५५ जातको हाइबृड फुल रोपेको अम्बिका बमको भनाइ छ ।

समीर खत्रीको नेतृत्वमा रहेर गठन गरियको क्लबले बार्षिक २२ हजार भाडा दिने गरेर लिजमा लिएर उक्त खेती गरेको हो ।
बिध्यार्थिले आफै पढ्दै कमाउदै गर्नु गौरवको बिषय रहेको भन्दै आफ्नो साथ र सहयोग रहने उक्त क्यामपसमा हाल तेर्सो बर्ष मा अध्यनरत तातोपानी गाउंपालिकामा कार्यरत कृषि प्राबिधिक धर्मराज आचार्यले बताए ।

कृषि पढ्दै कमाउदै गर्ने साथिहरुको काम स्रहानिय रहेको भन्दै बिस्वबिध्यालय परिवार लगायत सम्बन्धित क्याम्पस र सम्बन्धित निकायले बिध्यार्थिको कार्यमा सहयोग गर्न आचार्यले आग्रह गरे ।कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अध्ययनको लागि रामघाटमा आई सामूहिक ११ जनाको समूह जसमा सदस्य हरु अम्बिका बम, अंगत न्यौपाने,भावना खत्री, विनोद शर्मा, उत्तम अधिकारी, कर्णखर भट्टराई, यमुना शाही, लोकेन्द्रमान खड्का, पूर्णिमा थापा, शुशिला बुढा रहेका छन ।
हाल दोर्सो सेमेस्टारमा करिब ४५ जना बिध्यार्थी अध्यनरत रहेका छन ।