हुम्ला– मानव अधिकार उल्लङघन र ज्यातीका घटना अभिलेखमा महत्वपुर्ण योगदान पुर्याएको भन्दैँ इन्सेकले कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि घोषणा गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक ०२३ का लागि तथ्य तथ्याङक प्रेषित गरेको भन्दै नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाका सचिव एवम इन्सेक प्रतिनिधि सिहंलाई कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनीधि घोषणा गरेको हो ।
कर्णाली प्रदेशकै १० जिल्लाबाट महत्वपुर्ण रुपमा इन्सेकमा काम गरेपछि सिहंलाई यस वर्षको कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि छनौट भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
सिंहलाई नगद रकम सहित प्रशसापत्रबाट पुरस्कृत हुने इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताए । अब एक कार्यक्रमको आयोजनाबाट सिहं पुरस्कृत हुनेछन् । लामो समयदेखि हुम्ला जिल्लाबाट इन्सेकमा कार्यरत हुदैँ आएका छन् ।
कर्णाली रैवार संवाददाता । ७ फाल्गुन २०७९, आईतवार १५:१५