नेपालमा भने फेसबुकले औपचारिक रूपमा ‘प्रोफाइल लक फिचर’ उपलब्ध गराएको सूचना निकालेको छैन । पछिल्लो समय नेपालमा केही प्रयोगकर्ताको आफ्नो अकाउन्टमा प्रोफाइल लकको अप्सन देखिन थालेको छ ।
के हो फेसबुकमा हुने प्रोफाइल लक फिचर ?
यो त्यस्तो फिचर हो जसलाई इनेबल (लागू) गरेको अवस्थामा तपाईंले फेसबुकमा राखेका पोस्ट, स्टोरी, फोटो, रिल, भिडिओ वा अन्य कुनै अपडेट तपाईंसँग साथी भएका व्यक्तिले मात्र देख्न पाउँछन् । त्यस्तै तपाईंको फेसबुक प्रोफाइल वा कभर फोटो जुम गरेर हेर्न पाउने सुविधा पनि तपाईंसँग एड भएका अकाउन्टलाई मात्र हुन्छ ।
‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ । त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले लिन सक्दैन । त्यसैले यो फिचर प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ । यससँगै कम्पनीले प्रोफाइल गार्ड फिचर पनि उपलब्ध गराउन गराएको थियो । प्रोफाइल गार्ड फिचरले पनि प्रोफाइल लक फिचरको जस्तै काम गरेको हुन्छ ।
प्रोफाइल लग फिचर उपलब्ध छ वा छैन हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्
-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् ।
-अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् ।
-र, त्यहाँ ‘लक प्रोफाइल’ को अप्सन देखिएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा सो फिचर उपलब्ध छ भन्ने बुझ्न सक्नुहुन्छ ।
-यदि उक्त फिचर इनेबल गर्न चाहनु हुन्छ भने लक प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस् ।
-अनि तलपट्टि रहेको ‘लक योर प्रोफाइल’ अप्सनमा ट्याप गर्नुहोस् ।
-यति गर्नुभयो भने तपाईंको प्रोफाइल लक हुन्छ ।
(Techpana बाट )
कर्णाली रैवार संवाददाता । १६ जेष्ठ २०८०, मंगलवार ०९:४४