कोरोनाबारे जनचेतना फैलाउदै रेडक्रस हुम्ला

हुम्ला–गाउँमा आएको सरकार भनेर चिनिएको स्थानीय सरकारले कोरोना भाइरस सम्बन्धि गम्भिरता नदेखाएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले कोरोना सम्बन्धि जनचेतना फैलाउने काम सुरु

गरेको छ ।
विश्वमहामारीको रुपमा फैलिएको कोरोना आतंक र त्यसबाट कसरी बच्ने भन्ने सवालमा सिमकोट गाउँपालिका–१,२ ठेहे र ३ नम्बर वडा बरगाउँमा स्थानीयहरुसँग छलफल सुरु गरेका हुन् ।

गाउँमा कोभिड–१९ को सक्रमणबाट बच्न स्थानीयबासीह?ले सामाजिक दुरी कायमका साथै र सरकारले गरेको लकडाउन (बन्दाबन्दी)को पालाना गर्नु विषयमा छलफल गरेको जिल्ला रेडक्रस सोसाइटी हुम्ला कार्यालयका  वरिष्ठ सहायक छिरिङ्ग पाल्देन लामाले जानकारी दिए ।

२२ गते सिमकोट गाउँपालिका ठेहे र २३ गते बरगाउँमा मास्क,सेनिटाइजर साबुन पानीको सही प्रयोग गर्ने बारे स्थानीयहरुलाई जानकार गराएको वरिष्ठ सहायक लामाले बताए । जिल्ला बाहिरबाट गाउँ प्रवेश गरेका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टीन १४ दिन राख्न समेत स्थानीयलाई आग्रह गरेको वरिष्ठ सहायक लामाको भनाई छ ।

लकडाउनको अवधिभर नागरिक आफै सचेत सजक रहनुपर्ने र कोभिड–१९ को संक्रमणबाट जोगिन गाउँकै नागरिक सचेत रहनु पर्ने लगायतका जनचेतना मुलक विषयमा जिल्ला रेडक्रस सोसाईटीले चेतनामुलक कार्यक्रम गरेको छ ।