हुम्ला- बिरामीले जिल्ला अस्पताल हुम्लाकाे इमर्जेन्सी वार्डमा उपचार्थ एक महिलालाई प्रहरी जवानले रक्तदान गरेका छन ।
सिमकाेट गाउँपालिका-२ ठेहे ४८ वर्षिय ल्वारनी रावललाई बचाउन जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी जवान जनक सिजापती मगरले रक्तदान गरेका हुन ।
ओ पाेजेटिभ रगत आवश्यक भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी जवान जनक सिजापती मगरले रक्तदान गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रक्तदान गरेपछि बिरामीलाई उपचारमा सहज भएकाे छ ।
कर्णाली रैवार संवाददाता । १९ फाल्गुन २०७९, शुक्रबार १६:३२