मृतक आमाको सम्झानामा गीत गाउने महिला सम्मानीत

हुम्ला,१२ फागुन । हुम्लामा मागल गाउने महिलाहरुलाइ सम्मान गरिएको छ ।
शुक्रबार चैतलो मेलामा गीत ( मागल ) गाउने र नाच्ने सबै महिलाहरुलाई सम्मान गरिएको हो । परम्परागत गीतको संरक्षणमा लागेको भन्दै सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ को गीत गाउने महिलाहरुलाई सम्मान गरिएको हो । उनीहरलाई सिमकोट गाउँपालिका ५ र ६वडाका धामी तथा झाँक्रीहरुले  सम्मान गरेका थिए ।

यसका लागि आर्थिक सहयोग सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले गरेका थिए । स्वर्गीय आमाको सम्झनामा चैतलो गाउने महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । कुुल १सय४७ जना महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको भएपनि आज एक सय जनालाई सम्मान गरिएको हो।  भने बाँकीलाई फागुुन १४ गते सम्मान गरिने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताए ।

बिषेश गरि मृतक आमाको सम्झाना र  महिलालाई उत्प्रेरणा प्रदान गर्न यो कार्यक्रम राखिएको प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।