पुष्पलाल स्मृतिमा वक्तृत्वकला सम्पन्न, उर्मिला प्रथम

जुम्ला,६ साउन । ४५ औं पुष्पलाल स्मृती को अवसरमा जुम्ला मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“आधुनिक शिक्षा आजको आवश्यकता” भन्ने शिर्षक मा प्रतियोगिता सम्पन्न भएको हो ।

जुम्ला बहुमुखी क्यामपसमा सम्पन्न वक्तृत्व कला प्रतियोगितामा रिनिमोक्ष माबी डिल्ली चौरकी उर्मिला रावत प्रथम भएकी छ्न । जनता माबी महतगाउं का मुस्कान डांगिले दोर्सो स्थान हासिल गरे । तेर्सो स्थान सुस्मा हमाल सीता माबी रारालिही र चौथो स्थान सचिना शाही जे आर कणाली माबिले प्राप्त गरे ।

अन्तर माबी स्तरिय वक्तृत्वकला प्रतियोगितामा जिल्लाका करिव ११ जनाले भाग लगेको अनेरा स्वबियु जुम्लाका नेता लोकेन्द्र बुढाले बताए । बुढाका अनुसार सहभागी मध्य सीता माबी रारलिही बाट २ जना ,जनता माबी महत गाउँ बाट १ जना ,जे आर कणाली बोर्डिङ बाट ३ जना,नेत्र ज्वोती माबी हांकु बाट ३ जना,रत्न चण्डेस्वर माबी बोहोरागाउं बाट १ जना र रिनिमोक्ष माबी डिल्लिचौर बाट १ जना ले सहभागिता जनाएका थिय ।
कार्यक्रम मा अनेरास्वबियु जुम्ला जिल्ला इन्चार्ज बिराज भण्डारिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रथम र दोर्सो स्थान प्राप्त गर्ने छात्र र छात्रालाइ मेडल र कप प्रधान गरिएको र तेर्सो स्थान प्राप्त गर्नेलाई पुरस्कार स्वरुप डायरी प्रधान गरिएको अनेरा स्वबियु जुम्ला इन्चार्ज बिराज भण्डारिले बताए ।