गाउपालिकाले गर्यो ग्यास सिलिण्डर बितरण

हुम्ला,६ फागुन । हुम्लाको चंखेली गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेको छ ।

शुक्रबार गाउँपालिकाको आयोजनामा चंखेली गाउँपालिकामा रहेका २ सय दलित घरपरिवारलाई  सिलिण्डर वितरण गरेको हो ।

चंखेली गाउँपालिकाको आर्थिक वर्ष ०७९।०८० को विनियोजित बजेट अनुसार लक्षित कार्यक्रम अन्तरगतको २० लाख रुपैयाँबाट सो गाउँपालिकाका दलित सामुदायलाइ उक्त सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार दलित घरपरिवारलाई धुवाँ रहित बनाउने उदेश्यका साथ गाउँपालिकाले यो कार्यक्रम राखेको हो । चंखेली गाउँपालिकाका ६ वटा वडा मध्ये १ र ५ नम्वरमा दलितहरु नभएको र अन्य २, ३, ४ र ६ का दलित बस्तीलाई लक्षित गरि सो रकम बरावरको एक सेट खाना पकाउने ग्यास सिलिण्डर वितरण गरिएको अध्यक्ष शाहीको भनाई छ ।

जसमा पालिकाले एक सेट ग्यास सिलिण्डर सहयोग गरेपछि गाउँपालिका भित्रका दलित सामुदायका स्थानीय नागरिक उक्त सेवाबाट लाभान्वित भएका छन् । अवदेखि गाउँपालिकाले धुवाँ रहित बनाउने उदेश्यले दलितहरुको मुहार परिवर्तन हुने सोही गाउँपालिका वडा नम्वर २ का स्थानीय अर्जुन सुनारले खुशी व्यक्त गरे ।

स्थानीय सुनारका अनुसार आफुहरुले पहिलो पटक ग्यास सिलिण्डरका प्रयोग गर्दै छौँ, कसरी गर्ने भन्ने विषयमा पर्याप्त ज्ञान नभएको भए पनि गाउँपालिकाले यसका लागि केही प्राविधिक रुपमा सहयोग गर्ने जनाएको छ ।