हुम्ला- हुम्लाको ताँजाकाेट गाउँ पालिकामा फैलिएको भाईरल रुघाखोकी ले एक महिलाकाे मृत्यु भएको छ ।
ताजकोट पालिकाको वडा नं ४ काे ओख्रेना निवासी ४५ बर्षिय चक्करी मल्लकाे गएराती निधन भएकाे हाे । मंसिरकाे अन्तिम सातादेखि फैलिएकाे साे रुघाखोकी ले हरेक गाउँ टाेलमा जटिल समस्या उत्पन्न भएकाे स्थानियले बताएका छन ।
मृतकका श्रीमान दलबहादुर मल्ल शारीरिक रुपमा अपांगता छन ।मल्लको मृत्युपछि घर परिवार र बालबच्चा काे रेखदेख र पालनपोषण गर्न कठिन हुने स्थानियले बताए ।
कर्णाली रैवार संवाददाता । १० माघ २०८०, बुधबार ११:२०