कालिकोटमा अटो दुर्घटना १ जनाको अवस्था चिन्ताजनक

कालिकोट ,२० माघ ।  कालिकोट मा अटो दुर्घटना भएको छ ।

शुक्रबार अटो दुर्घटना हुंदा अटोमा सवार ४ जना घाइते भएका छन ।
कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ६ स्थित खल्लागाडमा उक्त अटो दुर्घटना भएको हो ।

नाग्म देखि गाल्जे तर्फ आउदै गरेको भे १ ह ५९२२ नम्बरको  अटो अनियन्त्रित भै माथिल्लो मोडबाट करिब १५ मिटर तल्लो मोडमा खस्दा  अटो चालक सहित ४ जना घाइते भएका हुन ।
अटोमा सवार  हिमा गाउपालिका ६ बस्ने बर्ष ३५ का बिर्ख बहादुर शाहि को टाउको मा चोटलागि गम्भीर घाइते भएको र उहालाइ उपचारका लागि उपचारको लागि स्वास्थ्य चौकि राचुलि लिएको छ ।

अर्का यात्रु २९ बर्षिय तारा शाहि  खुट्टामा चोट लागेको र  अवस्था सामान्य रहेको बताइएको छ  । तारा शाही को छोरा ५ बर्षिय गौरब शाहिको पनि अवस्था सामान्य रहेको छ ।
अटो चालक हिमा गाउपालिका ४ तलिकुदु बस्ने बर्स ४३ को ऐमान बुढा प्रहरी चौकि खल्लागाड को नियन्त्रण मा रहेको बताइएको छ ।