धर्नामा बसेर बिरामी जांच्दै प्रतिष्ठानका डाक्टर साप !

जुम्ला,१० असोज । जुम्लामा रहेको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा धर्ना बसेकै ठाउंमा बिरामी को जाँच गरिरहेका छन ।

देशका विभिन्न अस्पतालमा डाक्टर कुटिएकाे विषयमा दाेषीलाई कारबाहीकाे माग गर्दै प्रतिष्ठानका चिकित्सकहरुले बुधबार देखि आकस्मिक बाहेक सबै सेवा बन्द गरेर धर्नामा बसेका छन ।

बिरामी जांच्दै चिकित्सक ।

स्वास्थ्य सेवा जस्तो सम्बेदनशील क्षेत्रमा पटक-पटक हुदै आइरहेको धरपकड, दुर्व्यवहार एवम् आक्रमणका घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै केहिदिन देखि लमजुङ अस्पताल, मणिपाल शिक्षण अस्पताल, बघौडा अस्पताल माडी चितवन, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शृंखलाबद्ध रुपमा चिकित्सक एवम् स्वाथ्यकर्मीमाथी भएको आक्रमणका घटनाका दाेषीलाई कारबाहिकाे माग गर्दै आवासिय चिकित्सकहरु आन्दोलित हुन परेको प्रतिस्ठानका डाक्टर कबिराज पौडेलले बताए ।

धर्ना पनि भन्ने बन्द गर्ने पनि भन्ने तर धर्नामा बसेर बिरामी जांच्नु हुन्छ त भन्ने कर्णाली रैबारको जिज्ञासा्मा पौडेलले भने ” अत्याबस्यक सेवा बाहेक अन्य सेवा बन्द गरेकै हो तर मानविय धर्मका कारण टाढा टाढा बाट आएका बिरामिले दुख नपाओस भनेर बिरामिलाई एक्सरे, ल्याब लगाएतका रिलोर्ट हेर्ने परामर्श दिने गरेका हौं ।” पौडेलका अनुसार मंगलबार प्रतिष्ठानका सम्पूर्ण फ्याकल्टी, चिकित्सक,स्वास्थ्यकर्मीहरु द्दारा जारी विज्ञप्ती मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दिन-रात नभनी अहोरात्र खटिरहेको चिकित्सक स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने वातावरण गर्नुकाे सट्टा सधै मनाेबल गिराउने,आक्रमण गर्ने जस्ता गलत कदमकाे प्रतिष्ठानका चिकित्सकले घाेर भत्सर्ना समेत गरेका छन् ।

लम्जुङ, मणिपाल, चितवन एवम् पाटन अस्पतालमा भएका घटनाहरुको दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६, (पहिलो संसोधन २०७९) अनुसार कारबाही प्रक्रिया अगाडी नबढाए सम्म कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मीहरु असाेज १० गते देखि आकस्मिक बाहेक (पुर्वानिरधारित परिक्षाका कार्यक्रम समेत) अन्य सेवामा संग्लन हुन नसक्ने नेपाल रेडियोलोजिकल सोसाइटिका उपाध्यक्ष मिलन तिमिल्सिनाले बताए ।