मोबाइलको ब्याट्री पड्किंदा आगलागी

हुम्ला, १४ कार्तिक ।

ब्याट्री पड्केर खार्पुनाथ गाउँपालिकाको रायाका सान्ते बुढाको घरमा आगलागी भएको छ ।

आइतबार अपरान्ह भएको आगलागीमा लाखौको क्षती भएको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । मोवाइलको व्यट्री चार्ज गरिरहेका बेला व्याट्री पड्केर भएको आगालागीमा घरमा भएको लिउ, खाटमा भएका अन्नपातभाँडा वर्तन सबै जलेर नष्ट भएको बताइएको छ ।

आगलागीमा घरमा भएको १ लाख २० हजार नगदसहित कागजात समेत जलेर अन्दाजि १२ लाख बराबरको क्षती भएको दावी गरिएपनि प्रहरीको मुचुल्का भए आइनपुगेको बताइएको छ ।