देवकोटामाथि भएको आक्रमण सामान्य होइन : शाखा सुर्खेत

समाचारका लागि

सुर्खेत ३० कार्तिक ।

पत्रकार देवीराम देवकोटामाथि भएको आक्रमण सामान्य रुपमा नदिन पत्रकार महासंघ शाखा सुर्खेतले आग्रह गरेको छ । महासंघको सुर्खेत शाखाले एक विज्ञप्ति प्रकाशित गरी देवकोटामाथि भएको उक्त आक्रमणले शाखा नै स्तब्ध भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल महासंघ सुर्खेत शाखाका साधारण सदस्य एवं थाहा संचार नेटवर्कमा कार्यरत देविराम देवकोटामाथि सांघातिक आक्रमण भएकामा महासंघ सुर्खेत शाखा स्तब्ध भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ जाने क्रममा विहीबार साँझ कोहलपुर वसपार्कमा पत्रकार देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले आक्रमण गरेकोमा सुर्खेत शाखा उक्त घटनाको निन्दा प्रकट गर्दछ । हाल आक्रमणकारी दुई जनालाई पक्राउ गरी कोहलपुर प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ यद्यपि उक्त घटनालाई सामान्यरुपमा नलिन समेत आग्रह गर्दछौं । पत्रकार देवकोटामाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कारबाहीको माग गर्दै पत्रकारहरुको सुरक्षामा सम्बन्धित पक्षहरु संवेदनशील हुनपनि महासंघ सुर्खेत शाखाले आग्रह गर्दछ । साथै कोहलपुर मेडिकल कलेजमा उपचाररत देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ ।’