महिनौ दिनपछि उठयो सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरः

हुम्ला– महिनौ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरको थुप्रो बल्ल उठाइएको छ । फोहोरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर सरसफाई गरेका हुन् ।

आइतबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय पछि महिनौ दिनपछि उठाइएको छ ।
कालिञ्चोक,लोकतन्त्रचोक,बालमन्दिरचोक,काठेचुलीचोकमा थुप्रिएको फोहोर थुप्रो उठाएपछि बजार सुन्दर देखिएको छ ।

महिनौदिन देखि फोहोरमय बनेको सिमकोट गाउँपालिका बजार क्षेत्रमा थुप्रिएको फोहोर अध्यक्ष,उपाध्क्ष,वडाध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत र गाउँ कर्मचारी मिलेर फोहोर व्यवस्थापन गरेपछि बजार सफा सुघर भएको हो । जनप्रतिनीधि कर्मचारीहरु हातमा गल्वस र मुख मास्क लगाएर फोहोर व्यवस्थापनमा जुटेका थिए ।
     फुर्सदिला कार्यालय सहयोगी
सिमकोट गाउँपालिकामा ३६ जना कार्यालय सहयोगि भएपनि फर्सदिला देखिएका छन् । गाउँपालिकाले ३ जना कार्यालय सहयोगीहरुलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएको छ ।

३ जना कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहोर टयाक्टरमा राख्ने जिम्मा रहेको छ । बजार क्षेत्रको फोहोर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

बजार क्षेत्रका उपभोक्ताले फोहोर जताततै फाल्ने गरेपछि फोहोर छिटो छिटो जम्मा हुने गरेको प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।
महिनौदिनदेखि फोहोरमय बनेको सिमकोट गाउँपालिका र आसपास र बजार क्षेत्रमा गाउँपालिकाको जनप्रतिनीधिहरु कर्मचारी मिलेर फोहोर व्यवस्थापन अभियान सुरु गरेका हुन् ।

सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर जताततै थुप्रिएपछि सर्वसाधारणलाई छि छि दुर दुर गदै हिडने गरेका थिए । फोहोर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैल्न सक्ने सरोकारवालाहरुले दुखेसो गरेका छन । महिनौ दिनसम्म फोहोर व्यवस्थापन नहुदा मानविय स्वास्थ्यमा गम्भिर असर गर्ने सम्भावन रहेको सरोकारवालाको भनाई छ ।