हुम्लाका सबै स्थानीय निकायमा बैंक पुग्यो

हुम्लाका सातवटै स्थानिय तहमा बैंकका शखा स्थापना भएका छन् । पछिल्लो समय खार्पूनाथ गाउ‘पालिकामा प्रभु बैंकले शाखा स्थापना गरेपछि जिल्लाका सातवटै स्थानिय तहमा बैंक स्थापना भएका हुन् ।संघीयता कार्यान्वयनस‘ंगै सातवटा स्थानीय निकाय बनेको हुम्लामा यसभन्दा पहिले जिल्लाको दक्षिणामा रहेका चंखेली, ताजाकोट र अदानचुली गाउ‘पालिकामा जनता बैंकका शाखा स्थापना भै सकेका थिए भने जिल्लाको बिचमा रहेको सर्केगाड र उत्तरी चीन सीमा जोडिएको नाम्खा गाउ‘पालिकामा सिटिजन्स बैंकको शाखा स्थापना भैसकेका थिए ।

सरकारी बैंक रहेका स्थानमा राष्ट बैंकले नीजि बैंकलाइ सरकारी कारोवार गर्ने अनुमती नदिने गरेको भएपनि सरकारी बैंक नभएका हुम्लाका सात मध्य छ वटा स्थानीय निकायमा रहेका नीजि बैंकलाइ सरकारी कारोवार गर्ने अनुमती दिने भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउ‘पालिकामा सरकारी स्वामित्व रहेको राष्टिय वाणिज्य बैंक भएकाले यो बैंकलेनै सरकारी कारोवार गर्दै आएको छ ।
स्थानीय स्तरमा बैंक सेवा पुगेपछि आम नागरिकलाई समेत बैंक कारोवार गर्न सहज भएको छ । अध्ययन, उपचार वा अन्य कामको सिलसिलामा शहर गएका आफन्तलाइ रकम पठाउन सहज भएको हो । रकम पठाउन गाउ‘बाट एक तर्फी चार पॉच दिन पैदल हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यताको अन्त भएको छ । स्थानीय स्तरमा बैंक नभएको समयमा शहरमा रहेका आफन्तलाइ रकम पठाउन सदरमुकामनै पुग्न बाध्य रहदै आएको थियो । विभिन्न कामले घर छोडेर गएका आफन्तालाइ अब गाउ‘बाटै पैसा पठाउन र घरमै बैकि¨ कारोवार गर्न सहज भएको चंखेली गाउ‘पालिका निवासी रामचन्द्र बुढाले वताउनु भयो ।
स्थानीय निकायमा बैंक स्थापना हुदा आर्थिक कारोवारमा गाउ‘ र सदरमुकाम बिचको सम्बन्भ पनि जोडिएको छ । गाउ‘बाटै सदरमुकाममा आर्थिक कारोवार गर्न सहज भएकाले नगद बोक्ने झन्झट पनि हराएको छ । अधिकॉस गॉउमा मोवाइल सेवा पुगी सकेकाले एक आपसमा आर्थिक कारोवारका लागी सहज भएको हो । स्थानियलाइ मोवाइलबाट कुरा गर्ने र बैंकबाट कारोवार गर्ने सुबिधा थपिएको छ ।