जुम्लामा अज्ञात समूह द्वारा आगजनी र तोडफोड

सुर्खेत ।  जुम्लाका दुईवटा स्थानीय तहमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएको छभने गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरिएको छ ।

नगरपालिकाको प्रांगणमा राखिएको क१झ १ नम्बरको गाडी गएराति करिव १ बजेतिर आगो लगाईएको छ । नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढाथापाले जलेको गाडी ४० लाख बराबरको भएको बताए। गाडीमा लागो लगाएको थाहापाएपछि सहयोगी बिष्णुप्रसाद न्यौपानेले स्थानीयसँग गुहार मागेर आगो निभाएकोे थापाले जानकारी दिए।

उत्ता गएरातिनै अज्ञात समूहले गुठीचौर गाउँपालिकाको कार्यालयमा पनि तोडफोड गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माका अनुसार कार्यालयमा जडान गरिएको सीसी क्यामरा तोडेर आगजनी गर्ने प्रयास गरिएको छ। दुबै घटनामा क्षतिको विवरण भने आउन बाँकी छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी भैरहेको जनाएको छ । नेपाल समयबाट