इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले जिल्ला भरि सेवा बिस्तार

हुम्ला   कर्णाली प्रदेशमा सेवा बिस्तारको जिम्मा पाएको नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक निकाय वल्र्ड लिंक कम्युनिकेसन प्रालिले हुम्ला लगाएतका उच्च हिमाली जिल्लामा आफ्नो सेवा संचालन गर्ने कार्य सुरु गरेको छ । जिल्लाका सात मध्य पाँच वटा गाउँपालिकामा सेवा संचालनमा लागि मनोपोल टावर स्थापना लगाएका कार्य सुरु गरेको हो ।
ब्यबसायीक सेवा सुरु नगरेको वल्र्ड लिंक प्रालिले सिमकोट गाउँपालिकामा दुई स्थापनमा मनोपोल टावर निर्माण गरेर आफ्नो निशुल्क सेवा सुरु गरेको सो प्रालिका प्राबिधिक रामजन रावतले बताउनु भयो । सिमकोट ६ को छोबाखोर र ३ को लाङ्दुडाँडामा सो टावर स्थापना गरेर हाललाई निशुल्क सेवा जिल्ला अस्पताल, गाउँपालिका, बालमन्दिर माबि, पाँच नम्बर वडा कार्यालय, सिटिजन्स बैंक, बिमान स्थलमा सुरु भएको उहाँले बताउनु भयो । अहिले नेपाल टेलिकमको सेवा अबरुद्ध भएको बेला वल्र्ड लिंकबाटै इन्टरनेट सेवा संचालन भै रहेको छ । यो कार्य नाम्खा गाउँपालिकामा पनि टावर निर्माणको काम सुरु भएको र अब केही दिनमै संचालनमा आउने उहाँले बताउनु भयो ।
दुई वटा मनोपोल टावर स्थापना गरेर निशुल्क इन्टरनेट सेवा चंखेली गाउँपालिकामा पनि संचालनमा आएको उहाँले बताउनु भयो । हाललाई दुई लाईन गाउँपालिकाको कार्यालय र बिद्यालयमा सेवा बितरण गरिएको र त्यसैबाट इन्टरनेट सेवा संचालनमा आएको उहाँले बताउनु भयो । यता अदानचुली र ताँजाकोट गाउँपालिकामा पनि दुई दुई वटा उक्त टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र नयाँ बर्ष संगै उक्त निशुल्क इन्टरनेट सेवा संचालनमा आउने भएको छ । दुबै गाउँपालिकाहरुमा पनि गाउँपालिका कार्यालय, बिद्यालय, स्वास्थ्य चौकी लगाएतका सार्बजनिक स्थानमा सेवा प्रदान गरिने भएको छ । गाउँपालिकाहरुले महंगो शुल्क तिरेर नेपाल टेलिकमको वाईम्याक्स सेवाले राम्रो काम नगरि रहेको अबस्थामा वल्र्ड लिंकको इन्टरनेट सेवा संचालनमा आएपछि काम गर्न सहज हुने बिश्वास ताजाँकोट गाउँपालिकाका प्मुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनु भयो । टावर निर्माणको काम धमाधम भै रहेको र सोलार जडान पनि भै रहेको उहाँले बताउनु भयो । यसका लागि वल्र्ड लिकंका प्राबिधिकहरु जिल्ला भरि खटिएको प्राबिधिक रावतले बताउनु भयो । वल्र्ड लिंकबाट प्रदान हुने इन्टरनेट सेवा हाल निशुल्क रुपमा सेवा पाएका निकायहरुले दुई बर्षसम्म निशुल्क पाउने छन् भने हालका टावरको क्षेमता कम भएको कारण ब्यापारिक सेवा तत्काल बिस्तार नहुने भएको छ । यो सेवा कर्णाली प्राजेक्ट अन्र्तगत निशुल्क रुपमा प्रदान गरिएको हो । वल्र्ड लिंकले ब्यापारिक सेवा प्रदान गर्नका लागि चाँडै टावरको क्षेमता बढाउने रावतले बताउनु भयो ।