‘गाँउदेखी शहर सम्म उदार कार्यमा निरन्तरता दिएका छौं’ : सामाजिक बिकास मन्त्री रावल

बाँके । कोरोना भाइरस (कोभिड– १९) का कारण पुरै देश लगडाउन भएको बेला कर्णाली प्रदेशले विभिन्न ठाउमा अलपत्र परेका हुम्ली नागरिकहरुलाइ हेलिकप्टर द्वारा उद्धारका साथै राहत वितरण गरेको छ । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलको बिशेष पहल र MISSIO को प्राविधिक, नेपालगन्ज उपमहानगरपालिका वाडा नं. २० को सहकार्यमा कारितास नेपालको आयोजनामा सो राहत वितरण कार्य गरिएको मानव अधिकार एलाइस कर्णाली प्रेदेश सह-संयोजक पुर्णबहादुर रावलले बताउनु भयो ।

सामाजिक बिकास मन्त्री रावलले भन्नुभयो, ‘हुम्ला लगायत कर्णालीका हिमाली जिल्लाका काम, अध्ययन र उपचारका उद्देश्यले बाहिर गएर अलपत्र परेका सम्पुर्ण नागरिकहरुलाइ उद्धार गर्न तयार छौ ।’ उहाँले थप्नु भयो, ‘जटिल अवस्थामा परेका गाउँ देखि सहर सम्मका अधिकांश नगरिकहरुलाई सबै कुरामा सकेसम्म सहयोग गर्न प्रतिबद्ध छु र यो मेरो कर्तव्य पनि हो ।’

नेपालगन्ज उपमहानगरपालिका– २० रझामा रहेका करिव ७ सय जनालाई १० किलो चामल, दाल, नुन, तेल सहितको राहत वितरण गरिएको छ । सो राहत कार्यक्रम शारीरिक दुरिको मापदण्ड पालन गरेर वितरण गरिएको आयोजनाका प्रमुख जनक शर्माले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री रावल, आयोजनाका प्रमुख जनक शर्मा, राज बहादुर रोकाया, जय बहादुर शाही, रणसिंह परियार, गोरख बहादुर थापा, गोरख ऐडी, मानव अधिकार एलाइसको कर्णाली प्रदेश सह–संयोजक तथा समाजसेवी पुर्ण बहादुर रावल लगायतको सहभागी रहेको रहेको थियो ।