जस्टिस फर सन्दिप भन्दै खेलाडीले गरे न्यायको माग

काठमाडौं, २० पुस  ।राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजाय भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।

उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्यायको माग गरेका हुन ।

aarif1672808480.PNG
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा रहेका सन्दीप हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएकाबेला दुई जना क्रिकेटरले न्यायको माग गरेका छन । क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन ।

sharad1672808500.PNG

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।