निशुल्क स्वास्थ्य शिबिरमा ३ सय २७ जनाले लिय सेवा

जुम्ला,२७ जेठ । जुम्लाको हाटसिंजा स्वास्थ्य चौकिमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

नेपाल स्वास्थ्यकर्मी महासंघको अठारौं स्थापना दिवस को अवसरमा जुम्ला जिल्ला कमिटिले एक दिने निशुल्क दन्त रोग, उच्च रक्तचाप तथा मधुमेह सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको हो । सनिबार कनकासुन्दरी गाउँपालिका वार्ड नम्बर ४ हाट्सिंजा स्वास्थ्य चौकिमा उक्त शिबिर सम्पन्न भएको हो ।

शिबिरमा ३ सय २७ जनाले सेवा लिएको जुम्ला जिल्ला इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक कमल रावतले बताए ।रावतका अनुसार दन्त रोग सम्बन्धी १ सय ५० जना, उक्त रक्तचापका ३ सय २७ जना र मधुमेह को १ सय २५ जनाले सेवा लियका थिय ।

उक्त शिविर केन्द्रिय कमिटी साचिब तथा जनस्वास्थ्य निरीक्षक सुशील शाही, केन्द्रिय कमिटि सदस्य तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान दन्त रोग विशेषज्ञ डा. कबिराज पौडेल, प्रदेश कमिटी सचिब तथा परिवार नियोजन निरीक्षक कृष्ण कुमार बिष्ट , प्रदेश  कमिटी कोषाअध्यक्ष तथा रेडियो ग्राफर मक्कर हमाल, जिल्ला कमिटी अध्यक्ष तथा अहेव कर्मेन्द्र न्यौपाने , जिल्ला कमिटी सचीव तथा मेडिकल ल्याब अधिकृत मान बहादुर बुढा, पेसागत महासंघ जिल्ला कमिटी सचिव तथा जनस्वास्थ्य निरीक्षक बिजय रावल प्रोफेसर राम बिश्वास यादव, डा. मेरिका बास्तोला, डा. नवीन थापा, डा. मुकेश गुप्ता, दन्त सहायक मिना राना लगाएतको उपस्थितिमा शिबिर संचालन गरिएको रेडियोग्राफर मकर हमालले बताए ।

शिविर संचालनमा  कनकासुन्दरी गाउँपालिकाको समन्वय र प्राबिधिक सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रहेको थियो।शिबिरले ग्रामिण क्षेत्रमा रहेका जनताले प्रतक्ष लाभ लियको हाटसिंजा स्वास्थ्य चौकी इन्चार्ज तथा अहेब बिरेन्द्र उपाध्यायले बताए ।