हुम्ला-साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बन्नुभयाे ।
बलौडीकी खिन्तुरी बोहराले ५१ वर्षमा पाइला टेक्नुभयो । वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन नेपालको आधिकारिक नागरिक बन्नुभयाे ।
बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता दियाे ।
यहाँका अधिकांश स्थानीयलाई नागरिकताकाे महत्व बारे नै थाहा छैन । सेवा/सुविधाबाट बञ्चित बिकट ठाउँ भएकाले यहाँ नागरिकता नलिने धेरै थिए । धेरै मानिसले भर्खरै नागरिकता लिएका छन् ।
कर्णाली रैवार संवाददाता । ७ चैत्र २०७९, मंगलवार १७:०८