हुम्लामा एक दिनमा ८० हजार बज्रगुरु मन्त्रजप

हुम्ला– शान्ति तथा सम्पूर्ण मानव प्राणी जगतको हितका लागि हुम्लामा एक दिनमा


क्याप्सनः रिम्पोछे पेमा रिक्चाल हुम्ला लामा समुदायको तस्बिर

८० हजार पटक बज्रगुरु मन्त्रजप गरिएको छ । आइतबार गतेदेखि हुम्लाको सदरमुकाम सिमकोट सुरु भएको अन्तिम दिनमा ८० हजार पटक बज्रगुरु मन्त्रजप भएको छ ।
आज अन्तिम दिन सदरमुकाम सिमकोटमा बज्रगुरुजप कार्यक्रम र गुरुपद्यसम्भव मन्त्र पूजा सम्पन्न हुनेछ । उक्त मन्त्रजपमा अवतारी रिम्पोछे पेमा रिक्चालबाट हुम्ला जिल्लाकै पहिलो पटक बज्रगुरु मन्त्रजप भएको लामा साँस्कृति मञ्च हुम्लाका सचिव छवाङ्ग लामाले जानकारी दिएका छन ।
शान्ति र सम्पूर्ण मानव प्राणिका हितका लागि बज्रगुरु मन्त्रजप गरिएको आयोजक समितिले बताएका छन ।
मन्त्रजप गर्दा आफ्नो मन चित्त शुद्ध भई सबै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्धधर्मावलम्बीको विश्वास छ ।
बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन शुद्ध हुनाका साथै बुद्धत्व प्राप्त हुने बताइएको छ । अवतारी रिम्पोछे पेमा रिक्चाल गुरुबाट सोमबार बौद्ध धर्मको बारे प्रवचलन प्रदान गरिने लामा साँस्कृति मञ्च हुम्लाका अध्यक्ष धर्मानन्द लामाले बताउनुभयो ।
बज्रगुरु प्रवचनमा झण्डै ७ देखि ८ सय जना सहभागिता रहेको थियो ।
बज्रगुरु मन्त्र जपमा सिमकोट गाउँपालिका ४ का छिरिङ्ग पाल्देन लामा र सिमकोट गाउँपालिका ३ का छिरिङ्ग तेन्जीङ लामाको प्रयोजक र लामा साँस्कृतिक मञ्चको आयोजनामा सुरु गरिएको थियो । बज्रगुरु मन्त्र जप सम्पन्न भएपछि बिहीबार अवतारी रिम्पोछे पेमा रिक्चाल जुम्ला जाने कार्यक्रम रहेको आयोजकल जनाएको छ ।