हुम्लाको तिल गाउँ, जहाँ बेलुका ७ बजेपछि घर छिर्न प्रतिबन्ध छ

उत्तरी तिब्बतको सीमासँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिका ६ तिल गाउँमा ७ बजेपछि जो कसैलाई घर छिर्न प्रतिबन्ध लगाइएको छ । ७ बजे भन्दा पछि जोसुकै आएपनि झयालबाट हेर्ने झयाल बन्द गरी बस्ने प्रचलन रहेको पाइएको छ ।

४५ घरधुरी रहेको तिल गाउँमा ७ बजेपछि आउने सबैलाई भित्र पस्न नदिने निर्णय गरिएको नाम्खा गाउँपालिका ६ की भुटिक तामाङले बताइन् । घरकै परिवार समयमै नआएपछि घरमा छिर्ने अनुमति नभएको ताामाङको भनाई छ । उत्तरी तिब्बतसँग जोडिएको जिल्लाकै अनाकन्टर बस्ती भएकोले यहाँका स्थानीयहरु नेपाली भाषा बोल्न पनि सक्दैनन ।

बालबालिका, वृद्धवृद्धा र महिला मात्रै बस्छन्
तिल गाउँका स्थानीयहरुको सुरुका वर्षहरुमा पशुपालन व्यवसाय गरी आम्दानी गर्ने भएपनि पछिल्ला केही वर्ष यता तिब्बतको ताक्लाकोट जान गरेका छन् । खेतीयोग्य जमिन कम भएपछि यहाँका अधिकाश तिब्बतको ताक्लाकोट केही मानिसहरु चौरीगाई गोठाला तथा कोही च्याङ्ग्रा भेडा पालनका लागि लेखतिर निस्केपछि गाउँमा वृद्धवृद्धा, बालबालिका र महिला मात्रै बस्ने गरेका छन् ।

गाउँमा पुरुष नबस्ने भएपछि बाहिरबाट आएका मानिसबाट चोरी हुने, महिलामाथी बलात्कारका घटना घटेपछि ७ बजेभन्दा पछि आउने कसैलाई पनि घरको ढोका नखोल्ने निर्णय भएको तिल गाउँकी पेमा डोल्कार तामाङले बताइन । उनले आफनो अर्को घर काठमाडौंमा भएपनि कार्तिकसम्म घर कुर्न गाउँ आएको बताईन् ।

नयाँ पत्रिका