हुम्ला– सर्केगाड गाउँपालिकामा पाँच दिनदेखि सञ्चार विहिन भएकाे छ। सर्केगाड गाउँपालिका- ५ स्थित भदालीमा रहेकाे नेपाल टेलिकमकाे टावरले काम गर्न छाेडेपछि सिंगाे गाउँपालिका सञ्चार विहिन भएकाे हाे।
नेपाल टेलिकमकाे टावरले काम गर्न छाेडेपछि वडा नम्बर-४,५,६,७ का स्थानीयबासी सञ्चारबाट विहिन भएकाे स्थानीय सबिना थापाकाे गुनासाे रहेेकाे छ।
एकातिर ११औं हुम्ला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सर्केगाडमा सुचारु भएको छ भने अर्को तिर सोही खेलकुद कार्यक्रम र सर्केगाडमा हुने सम्पुर्ण कामकार्यको सूचना तथा समाचारहरु सम्प्रेषण गर्न निकै कठिनाइ भएको संंचारकर्मी महेश थापाले बताए।
जसाेतसाे वल्डलिकंले काम गरेकाे संञ्चारकमी थापाले दुखेसाे गरे । उनले भने सञ्चार विहिन हुदाँ गाउँपालिकाबासीलाई सकस भएकाे बताए ।
कर्णाली रैवार संवाददाता । १२ बैशाख २०८०, मंगलवार १९:४५