गाउँपालिकामा राय सल्लाहका चाङ

हुम्ला–सिमकोट गाउँपालिकालाई आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि सेवाग्राहीहरु देखि सरोकारवाला पक्षबाट राय सुझावको चाङ लागेको छ । योजना तर्जुमा प्रकृया सुरु हुनु अघि गाउँपालिकाद्धरा सञ्चालन गरिएको राय सल्लाह र सुझव संकलन गर्ने क्रममा चाङ लागेको हो ।

ठोस र उपलब्धी मुलक आगमी आर्थिक वर्षका लागि तर्जुमा गर्नुपर्ने र यसलाई समावेशी बनाइनु पर्ने हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले बताए । समावेशी करण रुपमा योजना तर्जुमा गरिएपछि मात्रै बजेटले सार्थकता पाउने लामाले बताए । स्थानीय सरकार भनेको पारदर्शिता हुनुपर्छ सुशासन र पारदर्शिताका होडिङ्गबोर्ड समेत राख्नु पर्ने कोष लेखा नियन्त्रक राजन रेग्मीले बताए ।
बजेको कनिका छरे जस्ता होइन ५ वर्षमा ५ वटा ठुला काम निर्वाचिन जनप्रतिनीधिले गर्नु पर्ने कोष लेखा नियन्त्रक रेग्मीको भनाई छ ।

२ वटा आर्थिक वर्ष सम्पन्न हुदासम्म पनि महिला हिसांका क्षेत्रमा खासै कार्यक्रम नआएको र आगमी आर्थिक वर्षमा महिलाका विषयमा पनि बजेट छुटयाइनु पर्ने मानवअधिकार जिल्ला सञ्जालका अध्यक्ष गंगा बोहोराले बताइन । वडा कार्यालमा सानातिना बाटो निर्माण गदैमा विकास हुन नसक्ने नेपाली काँग्रेसका जिल्ला सभापती जयपति रोकायाले बताए ।

हुम्ला जिल्लालाई चिटको जिल्ला भएको समेत आरोप लागए । विकास निर्माणमा पनि चिट चल्छ चामल किन्न पनि चिट चल्छ उनले भने । सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले पूर्वाधार विकास, सामाजिक विकास संस्थागत विकास लगायतका विषयमा छुटाछुटै सुझावहरु सहभागिहरुले दिएको बताए ।

गाउँपालिकाले साझा आवश्यकता पहिचान र त्यसको समाधानका लागि विज्ञदेखि सरोकारवाला र सेवाग्राहीकोे सहभागितामा बृहत सुझा संकलन गरिएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताए । आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्दा कतै न कतै समावेश गरिने दर्जीको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दान बहादुर रावत सिमकोट गाउँपालिकाबाट बलि रावत प्रमुख जिल्ला अधिकारी,धोलकराज ढकाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विजय भण्डारी कँग्रेस सभापति जयपति रोकाया लगायतले महत्वपूर्ण सुझाव दिएका थिए ।