प्रहरी नागरिककाे  जिउधनकाे सुरक्षामा खटिनन्छ : डिएसपी भट्टराई 

 

हुम्ला–  नेपाल प्रहरी २४ सै घण्टा नागरिककाे जिउधनकाे सुरक्षा खटिने जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भिमलाल भट्टाराईले बताएका छन ।

दाङ जिल्ला सरूवा भई हुम्ला जिल्ला पुगेका डिएसपी भट्टराईले जिल्ला स्थित सञ्चारकर्मीसँग परिचात्मक कार्यक्रम यस्तोमा बताएका छन ।

समाज परिवर्तनमा सञ्चार जगतकाे पनि महत्त्वपुर्ण भुमिका रहने हुदाँ सञ्चारकर्मीसँग समन्वय गरेर अघि बढ्ने डिएसपी भट्टराईले बताए ।

जिउधनकाे सुरक्षाका  लागि खटिने प्रहरीबाट हुने व्यवहार  नागरिक पनि नागरिकमैत्री बनाईले उनले बताए ।

नागरिक पनि बर्दीबिनाको प्रहरी भएका कारण प्रहरीले शान्ति–सुरक्षा प्रदान गर्दा मिठो बोली र व्यवहार गर्ने उनले बताए।
नागरिकमैत्री व्यवहार जिल्लामा मात्र नभई माताहतका सबै प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा खटिने प्रहरीमा लागू हुने उनले बताए।
जिल्लामा शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको जानकारी दिँदै उक्त कार्य सफल पार्न सबैको सहयोग आवश्यक रहेको औल्याए।
प्रहरीबाट प्रवाह हुने सेवा–सुविधालाई सहजतासाथ प्रदान गरिने र समाजमा सचेतनाका कार्यक्रम प्रहरी सञ्चालन गर्ने भएको छ।
सञ्चारकर्मीले उनलाई जिल्लाको समसामयिक विषयमा जानकारी गराएका थिए। कार्यक्रममा जिल्लामा उपलब्ध सञ्चारकर्मी सहभागी थिए।