हुम्ला– उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले साढे ७५ हजार बराबरको म्याद गुज्रिएका सामान बरामद नष्ठ गरेकाे छ।
आइतबार सदरमुकाम सिमकाेट बजारबाट म्याद नाघेका दैनिक उपभाेग्य वस्तु बरामद नष्ठ गरेकाे हाे।
हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीकाे संयाेजकत्वमा भएकाे बजार अनुगमनले ११ वटा पसलबाट ७३ हजार ५५० रूपैया बराबरबरकाे म्याद गुज्रिएका दैनिक उपभाेग्य वस्तु,बरामद गरि नष्ठ गरेकाे उद्याेग तथा उपभाेत्ता हित संरक्षण कार्यालय हुम्लाका कार्यालय प्रमुख अभज राज रेग्मीले जानकारी दिए।
रियल जुस जम्बाे,चिया पति,स्पार्क दालमाेेठ, ललिपप,फुरनदाना,फुटी चिउरा ,टुवार्ग बियर,प्यान्टा,काेकाकाेला, भुजा लगायत बरामद गरी नष्ठ गरेकाे कार्यालय प्रमुख रेग्मीलेे बताए ।
सदरमुकाम सिमकाेटमा रहेका खुदा तथा हाेलसेल पसलबाट बरामद गरी मुचुल्का गरेर नष्ट गरेकाे उनकाे भनाई छ ।
अनुगमन कार्यक्रमा उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अभयराज रेग्मी हुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी अमृत राज सुवेदी , काेष लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख निराजन उपाध्यय,भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रतिनिधि गाैरी शाही ,नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिहं लगायतले बजार अनुगमन गरेका थिए।
कर्णाली रैवार संवाददाता । २६ चैत्र २०७९, आईतवार १६:५०