नमूना युवा संसदको प्रर्दशनी

हुम्ला – बिद्यालयमा अध्ययनरत छात्र छात्राद्धारा नमूना युवा संसदको अभ्यासको प्रर्दशनी गरिएको छ । युवाहरुलाई पनि संसदीय गतिबिधिहरु बारे जानकारी गराउनका लागि सिाकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सो प्रर्दशनी आयोजना गरेको हो ।

२१ सदस्यीय सिमकोट गाउँपालिकाको संसदले संसदमा हुने गतिबिधिहरुको झल्को आउने गरि नयाँ निर्बाचन भए पछि बन्ने संसद भवन भित्रको झल्को दिएको थियो । अहिलेको नयाँ पिढीलाई पनि संसद भवन भिबका गतिबिधिहरुको जानकारी गराउनका लागि सो प्रर्दशनी गरिएको शाखाको प्रमुख गंगा प्रसाल भट्टले बताए ।

संसदको २१ सिट मध्य १२ सिट जितेको बिकासबादी पार्टीले स्पष्ट बहुमत ल्याएको कारण सात सदस्यीय मन्त्री मण्डल पनि गठन गरेको थियो । जसमा प्रधानमन्त्री र अन्य छ जना मन्त्रीको ब्यबस्था गरिएको थियो । त्यसै गरि संसदले राष्ट्र«पति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि निर्बाचन गरेर छानेको थियो ।

संसदबाट छान्ने महत्वपुर्ण पदहरु छानी सकेपछि संसद बैठक पनि बसेको थियो । जसमा पाँच सिट ल्याएको उन्नति पार्टी प्रमुख प्रतिपक्ष दल र चार सिट ल्याएको प्रगति पार्टी बिपक्ष दलका रुपमा रहेका थिए । संसदको पहिलो बैठकमा राष्ट्रपति तथा निर्बाचन आयोगद्धारा प्राप्त पत्रहरुका बारेमा संसदलाई जानकारी गरिएको थियो ।

संसदमा राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम पनि सार्बजनिक गर्नु भएको थियो । त्यसै गरि संसदमा दलका नेताहरुले मन्तब्य दिनु भएको थियो भने सासदहरुले सुन्ने समय र बिशेष समयमा पनि समसामयिक बिषयका आफ्ना मन्तब्य राख्नु भएको थियो । धेरै कुरा जानकारी नभएर पनि संसदको प्रर्दशनी गर्न सफल भएको राष्ट्रपतिको भुमिका निर्बाह गर्नु भएकी सरगम रावतले बताउनु भयो । संसदमा रहेका मर्यादापालक देखि अन्य आगन्तुक बस्ने ब्यबस्था पनि गरिएको थियो ।