बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षण सामाग्री

हुम्ला– गुर्ड नेवर्स इन्टरनेशनल नेपाल हुम्लाले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षण सामाग्री हस्ताण्तरण गरेको छ ।गुर्ड नेवर्स इन्टरनेशनल नेपालको २८ औ स्थापना दिवसको अवसरमा हिमाली बहिरा तथा बौद्धिक आवसिय विद्यालयलाई सहयोग गरेको हो ।
सदरमुकाम सिमकोट तल्लो बजारमा अपाङ्गता होस्टेलमा बसेका ६० जना बौद्धिक बालबालिकालाई शिक्षण सिकाई सामाग्री हस्तान्तरण गरेको गुर्ड नेवर्स इन्टरनेशन नेपाल हुम्लाका जिल्ला संयोजक बिरेन्द्र चौधरीले जानकारी दिएका छन ।

शिक्षण सिकाई चार्ट,३० थान हवाइट, २ वटा कलरबक्स ६० पिस र सहित ३० हजार बराबरीको शिक्षण सामाग्री हस्तान्तरण गरेको संयोजक चौधरीले बताए ।
संस्थाले आफनो स्थापना दिवसको अवसरमा दिएको शैक्षिण सिकाई सामाग्रीले बालबालिकाहरुलाई रहात मिलेको हिमाली बहिरा तथा बौद्धिक आवसिय विद्यालयका प्रधानाध्यापक प्रकाश जैशीले बताए ।
विद्यालय श्रोत व्यक्ति गंगा भट्ट, विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष चन्द्रा फडेराको रोहबरमा सामाग्री हस्तान्तरण भएको प्रअ जैशीको भनाई रहेको छ ।