हुम्लाको सिमकोट विमानस्थल ५ दिनपछि सञ्चालनमा आयो

मिगुर लामा हुम्ला– हिमपातले ५ दिनदेखि हुम्लाको सिमकोट विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्गमा जमेको हिँउ ४ दिनपछि पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो ।
बुधबारदेखि हिमपात सुरु भएको थियो । २ दिन परेको बाक्लो हिमपातले सिमकोट विमानस्थल ढाकेको थियो । विमानस्थल खुलाउन ४ दिनदेखि नेपाल प्रहरी सशस्त प्रहरी, नेपाली सेना स्थानीय कर्मचारीहरुले विमानस्थलको हिँउ पन्छाएपछि ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाले बताउनुभयो ।

विमानस्थको धावनमार्गमा जमेको हिँउ पन्छाएर नेपालगञ्जबाट तारा सिता,समिट एयरले उडान भरेको प्रअिज ढुङगानाले बताउनुभयो ।
५ देखि हवाई सेवा अवरुद्ध बनेपछि सिमकोटमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थियो ।

सिमकोट विमानस्थलको धावनमार्गको हिँउ प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाको नेतृत्वमा नेपाली सेना नेपाल प्रहरी, सशस्त प्रहरी र स्थानीयहरुले हिँउ पन्छाएपछि नेपालगञ्जबाट निजि एयरलाइन्सका जहाजहरुले उडान भरेका हुन । हवाई सेवा सञ्चालनमा आएपछि जिल्ला बाहिर जाने जिल्ला भित्रिने यात्रुहरु आवतजावत हुन थालेको छ ।