वडा अध्यक्ष सिध्द ! जस्तो नाम उस्तै काम !

हुम्ला सर्केगाड पालिका २ नम्बर वडाका वडा अध्यक्ष हुन सिध्द कार्की ।
बैसाख मा भएको स्थानिय चुनाब मा कंग्रेस माओबादिको गठबन्दन बाट साझा रुपमा अध्यक्ष भएका कार्की नेकपा एमालेका प्रतिद्वन्दी धनरुप बुढाथोकीलाई पराजित गरि बिजेता बनेका थिय । बिजयी पश्चात् कार्की प्राय वडा कार्यालयमा राती सम्म भेटिन्छ्न ।          राती सम्म वडा कार्यालय किन कुर्नु हुन्छ ? भन्ने कणाली रैबार को प्रश्न मा कार्की भन्छ्न ” म जनताले चुनेर पठाएको जनप्रतिनिधी हुं मैले जनतालाइ जति बेला आवस्यक पर्छ त्यतिवेला म भेटिनु पर्छ र जनताको सेवा गर्न पर्छ ।” प्राय गाउका मान्छेहरु बिहान बेलुका काम गर्न जाने हुंदा राती सिफारिस लगायतका काम गर्न आउनुहुन्छ उहाहरुको कामलाई बाधा पार्ने हाम्रो मनसाय हुंनुहुंदैन जतिबेला चाइयो त्यतिबेला काम गरिदिन पर्छ कार्की बताउछन ।
ठुला सपना त छैनन तर गाउका युवाहरुलाइ खेल मैदान बनाइदिने, वडा कार्यालय भवन अधुरो छ त्यस्लाइ निर्माण गरि आफ्नै वडा कार्यालयमा कार्यक्रम बैठक भेला गर्ने योजना रहेको बताय उनले ।
जनयुध्द शुरु पछि भाइ गुमायका कार्किको योगदान माओबादि पार्टिमा रहेको ठानेरपार्टिले उनलाइ स्थानिय निर्वाचनमा वडा अध्यक्ष बनाउने निणय गर्यो र कार्की बिजयी पनि भए ।      कार्यालय का खरदार पासांङ महताराले कार्किलाइ हर समय साथ दिने गरेको उनी बताउछन।
पहिलो स्थानिय चुनाव मा माओबादिबाट बिसे महताराले वडा अध्यक्ष चलायका थिय ।