बाल संजालले नगरपालिका प्रमुख लाई बुझायो अनुरोध पत्र

कालिकोट -पछिल्लो समयमा बालबालिकाका माग नगर, वडाले खासै ध्यान निदएको भन्दै तिलागुफा नगरपालिकामा नगर स्तरिय बाल संजालले अनुरोध पत्र बुझाएको छ । तिलागुफा नगरपालिकामा नगर स्तरिय बाल संजालले नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्याय लाई अनुरोध पत्र बुझाएको हो ।

नगरपालिका बाट बालबालिकाको समस्याहरुको सम्बोधन होस् भन्ने अभिप्रायले माग पत्र बुझाएको संजालका अध्यक्ष विनोद शाहीले जनाएका छन् । बनेका नीति, कार्यविधी र निर्देशिकाहरुको प्रभावकारी कार्यान्वयन नभएको र बामैत्री नगरको रुपमा विकास गर्न माग सहित अनुरोध पत्र बुझाइएको अध्यक्ष शाहीले भने ।

संजालले छ बुधें अनुरोध पत्र नगरप्रमुख लाई बुझाएको हो । अनुरोध पत्रमा अर्थपूर्ण बाल सहभागीता, बाल सभागीताबाट योजना प्रक्रियामा समावेश गरी बालबालिकाको क्षेत्र कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गर्न, पालिकामा रहेका सम्पुर्ण बाल क्लव बाल संजालहरुलाई सक्रिय बनाउन, बालबालिका सम्बन्धि ऐन २०७५ मा व्यवस्था गरिए अनुसार नगरपालिकामा १ जना बालकल्याण अधिकारीको व्यवस्था गर्ने, बालबालिकाको बाँच्न पाउँने, विकास, संरक्षण र सहभागीताको अधिकारलाई सुनिश्चितता गर्न बाल हितकोषमा बजेट वृद्घि गरी प्रभावकारी कार्यान्वयन र परम्परा देखि समुदायमा जरा गाडेको बालविवाह, छाउपडी प्रथा जस्ता कुप्रथाहरुको अन्त्यका लागी दिगो योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख शंकर प्रशाद उपाध्याय र उपप्रमुख महेन्द्र वहादुर शाही, सेभ द चिल्ड्रेन, किर्डाक, नेपाल प्रतिनिधि र २६ वाल संजालका पदाधिकारीहरु र सरोकारवालको सहभागिता रहेको थियो ।

अनुरोध पत्र बुझ्दै नगरप्रमुख उपाध्यायले बलबालिकाको छ बुधे अनुरोध पत्रको तत्काल र्कान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उप प्रमुख महेन्द्र बहादुर शाहीले बालवालिकाका माग पुरा गर्न आफु संधै लाग्ने जनाएका छन् ।