हिमालपारीका लिमेली जनताले लकडाउन थाहा पाएनन

काठमाडौबाट आफान्तहरुले फोन गरेपछि देश लकडाउन भएको थाहा पाए

हुम्ला–आधुनिक सञ्चार प्रविधिको पहँुचमा नजोडिएका नाम्खा गाउँपालिका ६ लिमिका जनताले कोरोना सक्रमणले देशमा लकडाउन रहेको बारे काठमाडौ बस्ने आफान्तको फोन आएपछि मात्रै थाहा पाएका छन् ।

बुधबार मात्रै लकडाउन भएको कुरा सुनेपछि गाउँ आउने सबै नाका बन्द गरेका छन् । केही समय अघि वल्र्डलिकको इन्टरनेट सेवाले काम गर्दा देश विदेशका खबर सहजै थाहा पाउने लिमेली जनता वल्र्डलिक सेवाले काम गर्न छोडेपछि नेपाल टेलिकमको लाइन भिस्याटकै भर पर्नु परेको छ ।

काठमाडौबाट आफान्तहरुले फोन गरेपछि देश लकडाउन भएको थाहा पाएको नाम्खा गाउँपालिका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिएका छन् । लिमिमा भित्रिने नाका मान्छेहरु पालैपालो राखेर मानिस गाउँ नर्छिन दिने निर्णय भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

लिमिबाट भारतमा व्यापार गर्न गएका काठमाडौ रहेको र चीनको ताक्लाकोटमा काम गर्न गएका मानिसहरु भित्रिन सक्ने भन्दै नाका बन्द गर्नु परेको अध्यक्ष तामाङको भनाई रहेको छ ।
कुनै पनि संचार माध्यम नहुनुको पिडा भोग्नु परि रहेको बताउनु भयो । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाउन भनि फोन मार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका संचार माध्यमलाई जानकारी समेत गरेको बताउनु भयो ।

मंसीरबाट चैत महिनासम्म लिमीका बासिन्दाहरु हिमपातको कारण आफै पनि लकडाउनमा पर्ने गर्नु हुन्छ । यो अबधिमा कोही आवतजावत गर्न सक्ने अबस्था पनि छैन । भएको प्रहरी चौकी पनि कार्तिक महिनाबाट सिमकोट फर्केको छ ।

अहिले हेलिकोप्टर रिजर्भ गरेर लिमी जानु भन्दा अन्य कुनै बिकल्प छैनन् । स्थानीय बासिन्दाहरु टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सुचना पाउने माध्याम भनेकै भिस्याट टेलिफोन हो ।
त्यो पनि गतिलोसंग सुचारु नहुदा राम भरोसामा स्थानीय बस्नु पर्ने बाध्यता रहेको छ । न त हेल्थ डेस्क छ न त स्वास्थ्यकर्मी नै आफ्नै खोलाको चलन अनुसार बिरामी भए लामा बसाल्नुको बिकल्प पनि नभएको स्थानीयको गुनासो छ ।