हिउँमपातले हुम्ला सेताम्य, नाम्खा पालिका सम्पर्क विहीन ,सिमकोटमा डेड फिट हिउ जम्यो

जनक बहादुर शाही  हुम्ला जिल्लामा हिमपात हुदा सेताम्य भएका छन । मंगलबार बिहान ३ बजे बाट परेको हिंपातले जाडो बड्नुका साथै हुम्लाको जनजिवन कष्टघर बनाएको छ । प्राय हुम्लाका सबै बस्ती हिउँले सेताम्य भएका छन । केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडाहरु हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको  छ हुम्ला । हिमपातले सदरमुकाम सिमकोटमा एक डेड फिट हिउ हिउँ जमेको सहायक प्रमुख जिल्ला महेश कुमार पोखरेलले बताए । सिमकोटमा हिउँ डेड फिट हिउ जमे पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी, यारी गाउँमा भने ती फिटभन्दा बढी हिउँ जमेको बताइएको छ ।

हिमपातका कारण नाम्खा गाउपालिकाका सबै बस्ति सम्पर्कबिहिन भएका छन  हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ। चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ। हुम्लाका दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे जिल्ला प्रहरी कार्यालयले श्रोतले जनाएको छ  ।  हिउँ परेको स्थानमा धाराका पानी जमेको छ । पानी जम्दा खानेपानीको समस्या भएको छ । हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडना हुने हवाइ सेवा समेत बन्द भएका छन ।  हिमपात पछि जेठमा पाक्ने गरि मंसिरमा लगाइएकोको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै हुम्लाका कृषकहरु उत्साहित भएका छन ।

खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीनालीका लागि पुस, माघमा वर्षातसँगैको हिमपात आवश्यक हुने  भएकाले हिमपात पछि हुम्लाका कृषकहरु धेरै हर्षित भएका छन् । वर्षातसँगैको हिमपातले बर्खेबालीलाई फाइदा गर्ने र उत्पादन राम्रो हुने खार्पुनाथ  ५ का कृषक रगंमल शाहीले बताए । हिमपातले उम्रिन बाँकी अन्नबालीहरु उम्रिने उम्रिसकेको अन्नबालीहरु बड्ने भएपछि जिल्ला भरका कृषकहरुमा खुशी छाएको उनको भनाइ छ ।

हिउपात भएसंगै चैत महिनामा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी लाई भने टिउसन कक्षा लिनमा  समस्या बनाएको छ । विहान पाँच बजे उठेर बिषयगत टिउसन कक्षा लिनको लागि  विद्यालयमा जानु पर्ने भएकोले विहान ६ बजे, अपरान्ह १२ बजे र दिउँसै ४ बजे तिन वटा बिषय कक्षा लिएको रलिङ्ग माविका विद्यार्थी माइकल बोहराले बताए । चिसोले कक्षा कोठामा पनि बस्न नसिकिने र कोठमा पनि चिसोले सिरक ओढेर अध्यान गर्नु परेको बाध्यता भएको सुनाए ।