नाम्खाबाट भागेका ८ जना खार्पुनाथ गाउँपालिकाको नियन्त्रणमा

हुम्ला नाम्खा गाउँपालिकामा दिन प्रतिदिन कोरोना संक्रमित बढ्न थाले पछि गाउँपालिका केन्द याल्वाङबाट भागेका ८ जना खार्पुनाथ गाउँपालिकाले नियन्त्रणमा लिएको छ ।

विना परिक्षण नाम्खा छोडेर खार्पुनाथ पुगेका उनीहरूलाई गाँउपालिकाले नियन्त्रणमा लिएको होे ।

दुई गते परिक्षणका लागि उनिहरुको नाम तय भए पनि एक गते रातिनै आफ्नो गाउँपालिकामा भागेर पुगपछि
नियन्त्रणमा लिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

नियन्त्रणमा लिएका ८ जना खार्पुनाथ मन्दिरमा रहेको धर्मशाला भवनमा राखिएको अध्ययक्ष रावलले बताए । नाम्खाा गाँँपालिकाबाट भागेर आउने एक शिक्षक,एक स्वास्थ्य कर्मि र ६ जना विद्यार्थी रहेको अध्यक्ष रावलको भनाई छ ।कोरोना परिक्षणका लागि जिल्ला स्वास्थ्यबाट स्वास्थ्यकर्मीलाई खटाईएको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

भागेर आएकाहरूको एन्टीजेन विधिबाट परिक्षण हुने सुचना अधिकारी फडेराले बताए ।
नाम्खामा कोरोना संक्रमित पहिलो दिन ४ दोस्रो दिन ८ चौथो दिन १५ र हिजो परिक्षणमा २६ जना गरेर जम्मा ५३ मा कोरोना संक्रमण देखा परेको छ ।