रबि लामिछानेमाथी आक्रमण

काठ्माडौ,७ पुस ।  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा‍)का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ।

शनिबार पाेखराकाे अमरसिंहचाेकमा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गर्ने क्रममा एक व्यक्तिले उनीमाथि मकैकाे खाेया प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार सभामा सहभागी लमजुङ घर भई पाेखरामा बस्दै आएका सन्ताेष रानाभाटले लामिछानेमाथि खाेया प्रहार गरेका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

सम्बाेधका क्रममा लामिछानेले सहकारीकाे विषय उठाएपछि उनले खाेया प्रहार गरेका थिए। खाेया प्रहारसँगै उनले लामिछानेमाथि सहकारीकाे पैसा दुरुपयाेग गरेकाे आराेप लगाएका छन्।

आफूमाथि खाेया प्रहार भएपनि सम्बाेधनलाई निरन्तरता दिएर लामिछाने सभाबाट बाहिरिएका छन्।