आइ.एम.इ लाइफ छैठौं बर्षमा, जुम्लामा केक काटेर मनाइयो

जुम्ला, १ भदौ । आइ एम इ लाइफ कम्पनी लिमिटेड ले आफ्नो छैठौं बार्षिक उत्सव मनाएको छ ।

आइ एम इ कम्पनी अन्तर्गतको बिमा कम्पनी आइ एम इ लाइफ ६ बर्ष पुगेको खुशियालिमा शुक्रबार कम्पनिले छैंठौं बर्षगांठ मनाएको हो ।
उक्त अवसरमा आइ एम इ लाइफ इन्सुरेन्स कम्पनी जुम्ला शाखाले पनि केक काटेर बार्षिक उत्सव मनाएको छ । कम्पनिको शांखा कार्यालयमा केक काटेर उत्सव मनाएको जुम्ला शाखाका प्रमुख बुद्धि तामाङ्ले बताए ।

तामाङले बार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै कम्पनिको तार्गेट पूरा गर्ने दुई जनालाइ सम्मान गरेको बताए । सम्मानित हुनेमा गोर बहादुर बस्नेत र महेन्द्र हमाल रहेका छन । बस्नेत र हमाल ले बिमा कम्पनिको स्किम अनुसार यो आ.व को पहिलो महिनामै तार्गेट पूरा गरेर एजेन्सी मेनेजर बन्न सफल भएको शाखा प्रमुख तामाङले बताए ।


कार्यक्रममा आइ एम इ लाइफ जुम्लाका अभिकर्ता तथा सुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।