मुगुका स्थानीयद्धारा प्रहरीमाथि ढुङ्गामुडा प्रहार, स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि १४ नम्वरका वडाध्यक्षले हुम्लाको खाद्यान्न ढुवानी हुन मानेन् ।

नन्द सिंह नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा स्थलमार्गबाट हुम्लाको देउली बितरण केन्द्र र सर्केगाड डिपोका लागि आएको खाद्यान्न छायानाथ रारा नगरपालिका– १४ को बाम गाउमा एक हप्ता देखि रोकिएको चामल वैशाख ९ गतेबाट ढुवानि सुरु भएको छ ।

मुगुको गमगडी हुदै हुम्ला आउने चामल छायाँनाथ रारा नगरपालिका–१४ का वडा अध्यक्षले हुम्ला आउन नदिएर रोकेपछि हुम्लाको तल्लो भेग क्षेत्रका बासिन्दाहरु खान पाउने हकबाट बन्चित भएका थिए । वैशाख ४ गते खाद्यान्न लिएर हुम्लाका लागि आएका ३ वटा ट्रक छायाँनाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष नन्दलाल बढुवालकोे निर्देशनमा छायाँनाथ रारा नगरपालिका–१४ को बाम गाउँमा रोकीएको थियो ।

चामल बाम गाउबासीका खच्चडले बोक्न पाउनु पर्ने भन्दै चामल ल्याएर रोखेको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बतउनु भएको छ ।

यो बन्दाबन्दीको अबस्थामा मुगुको गमगडीबाट समेत स्थानीय प्रशासनले कुनै रोकटोक नगरेको भए पनि वडा अध्यक्षले खाद्यान्न रोकेपछि यसलाई सुचारु गर्न धेरै प्रयास गर्दा पनि केही उपाय नलागेपछि  अन्तमा प्रहरी लगाएर रोकीएको चामल ढुवानी गराउन खोज्दा पनि पुरै बाम गाउँबासी आएर प्रहरीमाथि ढुङ्गामुडा गरेपछि स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।

शक्ति गर्दा पनि ढुवानी सुचारु गर्न नसकेको अबस्थामा छायानाथ रारा नगरपालिका र स्थानिय प्रशासनको समन्वय र सहमतीमा ढुवानी सुचारु भएपछि वैशाख ९ गतेबाट हुम्लाको लागि चामल ढुवानी सुचारु भएको हो  । बाममा अबरुद्ध भएको ढुवानी कार्य सुचारु भएपछि साँझ ५ बजे चामल लोड गरेका ४ ट्रक मुगुको गमगडिबाट हुम्लाको लागि हिडेको मुगुका प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइृ छ ।