जुम्लाको कुडारिमा खहरे खोला बढ्दा बजार पस्यो!

जुम्ला,६ भदौ । जुम्लाको कुडारी बजारमा खहरे बाढी आउदा सडक ठप्प भएको छ ।

तिला गाउंपालिका ३ अन्तरगत कुडारी बजार मा रहेको खोलामा बाढी आउदा कर्णाली राजमार्ग अन्तर्गत चल्ने सवारी साधन ठप्प हुन का साथै बैकल्पिक मार्ग नहुदा अन्य यात्रु पनि रोकिएका छ्न ।

अनेरा स्व बियु जुम्ला जिल्ला इन्चार्ज बिराज भण्डारिका अनुसार करि १ घण्टा दिखि खोलामा पानीको मात्र बढ्दा सुर्खेत नेपाल्गंज मुगु लगायत का ठाउवाट जुम्ला आउने सवारिसाधन जाममा परेका हुन । जाम पर्दा यात्रु अलपत्र परेको भण्डारी बताउछन । अन्य यात्रु भने जोखिम मोलेर नहर बाट वारपार गरिरहेको उहाको भनाइ छ ।तर सवारिसाधन को रोकिनुको बिकल्प छैन ।

पुल नबन्दा बर्खा समयमा कणाली राजमार्ग हुँदै चल्ने सवारी साधनले दुख झेल्नु परेको सुर्खेत बाट जुम्लाक लागि जिप चलाउदाइ आएका जुम्लाका तेज भण्डारिले बताए ।