हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध मदिरा व्यावार गर्न व्यापारीको नाम लुकाएको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको चीनिया मदिरा झिनिगिन्टी नष्ठ गरेपनि नाम सार्वजनिक गर्न मानेको छैन ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले चंखेली गाउँपालिका ५ को टाँकेनाकाबाट २ हजार ९ सय ८ कार्टुन र सिमकोट गाउँपालिका ५ च्वाखोलाबाट १ सय ६० कार्टुन चीनिया मदिरा झिनिगिन्टी बरामद गरेको थियो ।
गत पुस २७ गते सदरमुकाम सिमकोट स्थित तीनधारा नजिकको पाखो बारीबाट अवैध मदिरा (झिनिगिन्टी) १५ कार्टुन २ बोतल र ४२ बोतल चीनिया क्यान बियर फेला पारी क गरेपनि वेहारिसे भन्दै आलटाल गदै आज आइतबार नष्ठ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले ३ महिनाको अवधीमा ३ हजार ८६ कार्टुन चीनिया मदिरा झिनिगिन्टी बरामद गरी नष्ट गरेपनि जिल्ला स्थित संञ्चारकर्मीलाई मदिरा व्यापारीको सार्वजनिक गर्न नचाहेको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिएका छन
। प्रहरीलाई बोझदा सधै वेबारिसे अवस्थामा मात्रै भेटिएको भन्ने जवाफ आउने गरेको बोहोराको गुनासो रहेको छ । यस्तै गरी अर्को नागरिक दैनिक हुम्लाका सम्बाददाता जनक बहादुर शाहीले जिल्ला प्रहरी कार्यालयले सूचनाको हकबाट आफुहरुलाई पछि पन्छयाइएको आरोप रहेको छ ।
जिल्लामा ३ हजार ८६ कार्टुन प्रहरीले बरामद गरी नष्ट गरेपनि व्यापारीको नाम सार्वजनिक गर्न नचाहेको उनको भनाई छ ।
करोडौ रकमको चीनिया मदिरा नष्ठ गरी सकेको छ । यता जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खडकाका अनुसार हाल सम्म बेवारिसे अवस्थामै भेटिएको दाबी गरेका छन ।
प्रहरीले देख्ने बितिकै मदिरा व्यापारीहरु भागिहाल्छन आफु सदरमुकाम सिमकोटमा आउँदा सम्म बेवासरिसे अवस्थामै भेटिएको सूचना अधिकारी खडकाको दाबी रहेको छ । करोडौ मुल्य बराबरीको अवैध चीनिया मदिरा (झिनिग्निटी) प्रहरीले नष्ठ गरेपनि प्रहरीहरुकै मिलेमतो हुन सक्ने स्थानीय व्यापारीहरुले बताँउने गरेका छन । प्रहरीले चीनिया मदिरा बरामद गरेपनि व्यापारीहरु संचेत हुने स्थानीयहरु बजारमा कुराकानी गरेको पाइन्छ ।
"
कर्णाली रैवार संवाददाता । २९ पुष २०७५, आईतवार १७:०३