दुई गजल

नवराज न्याैपाने ‘माैन’

१)
बाँधेर प्रेम-डाेरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

सम्बन्ध राख्न जाने टुट्दैन अाज वाचा
साैंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

अाशा जगाई नाैलाे पाेखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

जाे बाेल्छ शत्रुताले साँची अहम् मनैमा
बाेकी इमान हिड्दा उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजाराैं
हाँसेर ज्यून जाने चाेला जीवन्त हुन्छ

२)
अनन्त प्यार झल्किने कथा रहेछ जिन्दगी
अमूर्त भाव टल्किने कला रहेछ जिन्दगी

समस्त दु:ख बिर्सदा मुहार खुल्छ हर्षले
सहस्र आँसु छल्किने ध्वजा रहेछ जिन्दगी

म बोक्न सक्छु देश यो उठाइ हात कर्मठ
भनेर बैँस ढल्किने सुधा रहेछ जिन्दगी

टुटेर जान्छ स्वप्न त्यो गरीब झुक्न हुन्न है
दुखेर घाउ बल्किने निशा रहेछ जिन्दगी

सहेर चोट मर्मले सजाइ भाव कर्मले
अभावमाझ सल्किने चिता रहेछ जिन्दगी