हुम्ला– चंखेली गाउँपालिका- ४ काे पिप्लाङ बर्थिङ सेन्टरबाट ६१० जनाकाे निशुल्क माेतिया बिन्दुकाे चेकजाँच भएकाे छ।
नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेश ,र हिमालय आँखा अस्पताल घारिपाटन पाेखराद्वरा सञ्चालित शिविरबाट ६१० जना माेतियाबिन्दुका बिरामीकाे चेकजाँच गरिएको हाे।
४३ जनाकाे माेतियाबिनदुकाे शल्यक्रिया भएकाे चंंखेली गाउँपालिकाका स्वास्थ्य संयाेजक नर प्रसाद चाैलागाईले जानकारी दिए ।
२६ जना महिला र १७ पुरूषकाे माेतियाबिन्दुकाे उपचार भएकाे स्वास्थ्य संयाेजक चाैलागाईले बताए।
गाउँपालिका भरिका ६१० जनाकाे माेतियाबिन्दु चेकजाँच गरि उपचार भएकाे स्वास्थ संयाेजक चाैलागाईकाे भनाई छ।
कर्णाली रैवार संवाददाता । ३ बैशाख २०८०, आईतवार २०:१३