नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्र गाउँ कमिटिले पायो पुर्णता

हुम्ला– नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ५५ सदस्यीय गाउँ कमिटी बनाएको छ । दावा लामाको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन गरेको नेकपा

माओवादी केन्द्र हुम्ला जिल्लाका सचिव धर्मराज बोहराले जानकारी दिए । उपाध्यक्षमा सोनाम बहादुर लामा,सोनाम पाल्जोर लामा, तोप्के लामा कोषाध्यक्ष डेके लामा सचिव डेजोर लामा सह सचिव सुन्डुप लामा सहित ५५ सदस्यीय कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला सचिव बोहराले बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरजग शाही,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डाक्टर दीपेन्द्र रोकाया, हुम्ला जिल्लाबाट प्रतिनीधि सभाका सदस्य रहेका छिरिङ दम्डुल लामा कार्चेन लगायतका नेताहरुको उपस्थिती रहेको सचिव बोहराको भनाई रहेको छ ।

गाउँ कमिटी अध्यक्ष रहेका नाम्खा गाउँपालिका प्रेमबहादुर लामा स्थानीय तहमा निर्वाचित भएपछि लामो समय नेकपा माओवादी केन्द्र नाम्खा गाउँ कमिटी बिहिन थियो । १० महिना पछि नाम्खा गाउँपालिकामा माओवादी केन्द्रको गाउँ कमिटीले पुर्णता पाएको छ ।