काठ्माडौं,१७ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको विषयमा कुनै निर्णय नगर्ने भएको छ ।
पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्नेमा आफू लागिरहेको बताएका छन । प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको विषयमा अदालतको पूर्णपाठ पर्खिन सुझाव आएको बताए ।
पार्टी केन्द्रिय कार्यालयमा बसेको पदाधिकारीको बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयको सन्दर्भमा सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म प्रधानमन्त्रीसँगै गृह मन्त्रालय राख्न सुझाव आएको बताए ।
कर्णाली रैवार संवाददाता । १७ माघ २०७९, मंगलवार १५:५९