काठमाडौ, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन । पद तथा गोपनियताको कार्यक्रम मै पुगेर नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गाेपनीयताकाे शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिएका हुन । शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छाेडेर निस्केका थिय । यो भन्दा अगाडि कुनै पनि निमित्त प्र.म ले कार्यक्रम मै पुगेर बधाइ दिएको नजिर नभएको फोन बार्तामा बताएका थिय । तर देउवा उपस्थिती हुनुलाइ राजनितिक संस्कारको रुपमा हेरियेको छ ।
यही मङ्सिर ४ गते भएकाे चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएकाे थियाे तर सरकारकाे नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएकाे हो । नयाँ समीकरणमा एमाले,माओवादी, रास्वपा, राप्रपा सहितका दलहरू छन् ।
कर्णाली रैवार संवाददाता । ११ पुष २०७९, सोमबार १७:१६