हुम्लामा टिपर दुर्घटना ३ को मृत्यृ १२ घाइते

हुम्ला– सिमकोट गाउँपालिका ७ स्थित लाग्नमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । भने १२ जना घाइते भएका छन । नाम्खा गाउँपालिकाको सल्ली खोला हुदै सदरमुकाम सिमकोट आउदै गरेको लु ४ ख ३२६९ नम्बरका टिपर सडकबाट १५ मिटर तल खस्दा नाम्खा गाउँपालिका १ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा,३५ वर्षीय नरी लामा र खार्पुनाथ गाउँपालिका १ प्युसका बबरजग शाहीको मृत्यु भएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले जनाकारी दिएका छन । घाइते हुनेमा सर्केगार्ड ३ स्थित उनापानीका अंग फडेरा, सिमकोट ६ का खगेन्द्र रावत ,सिमकोट ६ कै राम कुमार सुनार नाम्खा गाउँपालिका १ हेप्का नुटुप लामा सिमकोट ६ का अकिल रोकाया, खार्पुनाथ ५ का धनसिह सुनार नाम्खा १ का नाम्गेल तामाङ सिमकोट ६ का कमल भण्डारी सिमकोट ६ कै भक्त रोकाया सिमकोट ७ डाडाँफायाका सन्तोष सुनार र नाम्खा १ हेप्का सिउधर तामाङ घाइते भएको डिएसपी घर्तिमगरले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अकिल रोकाया,कमल रोकायाको अवस्था गम्भिर रहेको भनाई छ । दुर्घटनामा घाइते भएको १२ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको छ ।