काठमाडौमा हिन्दि चलचित्र प्रदर्सन गर्न नदिने !

काठमाडौं,३२ जेठ। काठमाडौमा हिन्दी चलचित्र प्रदर्सन नहुने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले फेसबुक स्टाटसमा उक्त कुरा व्यक्त गरेका हुन । आदिपुरुष” नामक भारतिय चलचित्रमा सिता भारतकि छोरी हुन” भन्ने संबाद राखियको हुदा उक्त संबाद हटाउन तीन दिने अल्टिमेटम दियको बताएका हुन ।

उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् । बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ ।